Saturday May 18, 2024
BS 2081 Jestha 5
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

बहुप्रतिक्षित लुट-२ को अष्ट्रेलिया प्रदर्शन फेब्रुअरी २४ बाट

Feb 15, 2017 under Interesting 143 , Entertainment & Fashion 305 , Nepalese in Australia 91

मेलवर्न । फेब्रुअरी २४ बाट प्रदर्शनमा आउन लगेको चलचित्र ‘लुट -२’ को चर्चा अहिले चौतर्फी छ । निस्चल बस्नेत निर्देशित यो सिल्क्वेल चलचित्रले उनको पहिलो चलचित्र लुटको जस्तो वहवाही पाउला नपाउला त्यो प्रदर्शन पछी नै थाहा होला तर पहिलो लुटकै कारण चलचित्रको पहिलो हप्ताको ब्यापार आक्रामक हुने जानकारहरू बताउँछन् ।

सन २०१२ को चलचित्र लुट समकालिन नेपाली चलचित्रको परम्परागत धारलाई तोड्दै, नयाँ स्वाद दिएको थियो।

अष्ट्रेलियामा पनि लुट -२ को प्रदर्शन नेपाल रिलिजको २४ फेब्रुअरीबाटै सुरु हुने भएको छ। ‘हो र ? हैन होला ? इभेन्ट्स’ र इपी माइग्रेसनले अष्ट्रेलिया बितरण गरेको लुट-२ अस्ट्रेलियाका सिड्नी, मेलवर्न, ब्रिजबेन, पर्थ, एडिलेड, होबार्ड, डार्विन, गोल्डकोस्ट, क्यान्बेरा लगायतका शहरहरुमा प्रदर्शन हुनेछ।

सौगात मल्ल, दाँयाहाङ राइ, रिचा शर्मा अभिनित चलचित्र ‘लुट -२’ को फेब्रुअरी २४ मा नायिका रिचा शर्माको साथ रेड कार्पेट प्रिमियर हुँदै छ भने मेल्बर्नमा फेब्रुअरी २६ र २७ तारिक रेड कार्पेट शो राखिएको राखिएको छ।

मेलवर्नको पहिलो शो सोल्डाउट भएको छ भने दोश्रो शो को पनि सत्तरी प्रतिशत टिकट अग्रिम बिक्री भएको इभेन्ट आयोजक नेप्लेका सञ्जय कुमार शाहले बताएका छन् । शाहका अनुसार लुट-२ को अन्य २ सो मार्च ५ र मार्च ११ का लागि निश्चित गरिएको छ भने यो चलचित्रको मेलवर्नमा ८ देखि १० सोसम्म हुन सक्ने नेप्लेको दाबी छ ।

Onlinekhabar.com
No news.
Australian Dollar to Nepalese Rs